मगर संघ यूकेले तीब्ररुपमा एनआरएन सदस्य बनाउँदै

लन्डन । मगर संघ यूकेले तीब्र रुपमा गैरआवासीय नेपाली संघ (एनआरएन) सदस्यता बनाउन थालेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन मिति नजिकिंदै गर्दा चुनावी सरगर्मी बढ्न थालेको छ ।

सदस्य लिनदेखि नविकरण गर्नेसम्मका कामहरु धमाधम भइरहेका छन् । उम्मेदवारले घर बाटै भएपनि उम्मेदवारी घोषणा गर्ने र म उठे समाचार बनाउनु पर्यो भन्ने हरु लगायत भेटघाट र चुनावी रणनीतिहरु पनि बनिरहेका छन् ।

मगर संघ यूकले एनआरएनएको सदस्यता बनाउने र नविकरणको कामलाई कार्यदल बनाएरै अभियान सुरु गरेको छ । गत २८ जुन शुक्रबार मगर भवन फार्नबोरोमा  छलफल आयोजना गरेर सदस्यता वृद्धिको कामबारे रणनीति बनाइएको थियो ।

मगर संघ युकेका अध्यक्ष ले रि सुनिल रानाको अध्यक्षतामा अभियान सुरु गरिएको थियो । संघले १२ वटै शाखाका उपाध्यक्ष र सचिव रहने गरी संघका महासचिव रुद्र थापाको सक्रीयतामा विशेष समिति बनाएको संघका सल्लाहकार ओम थापा बताउनु भयो ।

मगर संघ यूकेको ऐक्यबद्धता र युनिटी देखाउनका निम्ती र एनआरएनलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने र उम्मेदवारको मनोबल उच्च बनाउने विषयमा गम्भीर छलफल भएको सल्लाहकार काउचाको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनए युकेको आठौं अधिवेशन आगामी सेप्टेम्बर १४ र १५ तारिखमा अल्डरसटमा हुने अधिवेशनका लागि समूह निर्माणको कसरत सुरु भएको छ।

निर्वाचनमा  प्रेमगाहा मगर, पुनम गुरुङ, शेर बहादुर सुनार, सुशीला राई, र ललित न्यौपानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *