तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको उपाध्यक्षका उम्मेदवार बनेका डिला खरेल १२ बुँदे एजेन्डासहित मतदातासमक्ष प्रस्तुत भएका छन् । सन् २००६ देखि एनआरएन अस्ट्रेलियामा आवद्ध भएर काम गर्नु भएका खरेलले आगामी २०१९-२१ को २४ महिने कार्यकालमा १२ काम गर्ने भन्दै आफ्ना एजेन्डा अगाडी सरेका छन् ।
खरेलले अघि सारेका एजेन्डा यस्ता छन्–
१. एनआरएन अस्ट्रेलियाको विधिवध कार्यालयको स्थापना (३० अक्टोवर २०१९ भित्र सम्पन्न हुने)
२. विद्यार्थी सन्देश पुस्तिका प्रकाशन गरिने (३१ जनवरी २०२० मा सम्पन्न हुने)
३. एनआरएन अस्ट्रेलियाको सदस्यता शुल्क घटाउने, सदस्यता संख्या बढाउने
४. दोश्रो पुस्ताका नेपालीसँग एनआरएनको सहकारी र सहभागिता मुलक कार्यक्रम गर्ने
५. एक एनसीसी एक लगानी एक रोजगारी
६. एक नेपाली एक घन्टा नेपालका लागि
७. दुर्गममा शिक्षा, दुर्गममा स्वास्थ्य कार्यक्रम
८.नेपाल को रास्ट्रिय खेल र खेलाडीको सम्मानार्थ कार्यक्रम गर्ने
९. नेपाल अस्ट्रेलिया पारस्परिक सम्वन्ध विस्तार कार्यक्रम
१०. हाम्रा नेपाली विद्यार्थी भोलिका भविष्य
११. हाम्रा बा–आमा, हाम्रा माता–पिता, हाम्रा अभिभावक, हाम्रा देवता
१२. गैरआवासीय नेपाली संघको गौरव र गरिमा, सारा एनआरएनको इच्छा पूरा विदेशीको आकर्षण नेपाल फेस्टिभल

अस्ट्रेलियाको शहरमा आधिकारिक रुपमा नेपाली झण्डा फहराउने कामको सुरुवातकर्ता डिला एनआरएन अस्ट्रेलियाका वर्तमान प्रवक्ता हुनुहुन्छ । सन् २००६ मा अध्ययनका लागि अस्ट्रेलिया आएका भरतपुर चितवनका डिला स्पष्ट वक्ता, जिम्मेवारीपूर्ण नतिजासहित काम गर्ने समाजसेवी र परोपकारी व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । सन् २०१४ को सिड्नीमा भएको नेपाल फेस्टिभलमा सहरभरि नै नेपाली झण्डा फहराउने काम गरेका खरेल तत् पशचात समुदायमा झन् प्रसिद्ध हुदै छन् ।
डिला पेशाले एकाउन्टेनट हुन् । नेपालमा कसरी हुन्छ एनआरएनले देशको अर्थतन्त्रमा देखिने गरी प्रभावकारी सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्नु हुने डिला आफ्ना योजनालाइ पूरा गर्न सन् २०१५ देखि नेसनल अन्टरप्रेनर कन्फरेन्सको सुरुवात गरी एक एनसीसी, एन लगानी, एक रोजगारीको कार्यक्रम अघि सार्नुभएको छ ।
लन्डन नेपाल न्युजका लागि तक्दीर अधिकारीसँग कुराकानी गर्दै डिलाले भने, ‘संस्थाको फेडेरल दर्ता, च्यारिटी दर्ता र ट्याक्स डिडक्टीवल गराई (अस्ट्रेलियाको सल्भेसन आर्मी, रेडक्रसजस्तै) बनाई काम गर्नुपर्छ ।’ कानुनी, प्राविधिक र दर्ता प्रक्रियाको समेत संयोजन गरेका खरेलले करिव १ लाख ८० हजार नेपाली समुदाय रहेको अस्ट्रेलियामा एनआरएन सदस्यता शुल्क घटाई सदस्यता ५० हजार बनाउने मान्यता साथ काम गरिरहेको बताउनु हुन्छ ।
सन् २०१३ मा हेल्प नेपाल नेटवर्कमार्फत (अस्ट्रेलिया र न्युजिल्यान्ड) मा भएको परोपकारी कार्यक्रमको संयोजन गरी करिब १ करोड ३० लाख रुपैयाँ संकलन गर्न सफल डिला व्यवहारिक परोपकारमा विश्वास राखी काम गर्ने अभियन्ता भएको अहिले पनि व्यापक चर्चा छ । एक पटकको नेपाली सधैंको नेपाली– एनआरएन उपाध्यक्ष पदमा डिला खरेल आफूलाई अस्ट्रिलियाको ठूलो समुदायले समर्थन गर्ने विश्वास राख्छन् ।







