भीएफएमको च्यारिटी गाला डिनर

तक्दीर अधिकारी
सिड्नी । भिजन फर मोटिभेसन अस्ट्रेलिया (भीएफएम) ले दोस्रो पटक हेल्प मातृभूमि कार्यक्रम आयोजना गर्दैछ । हेल्प मातृभूमि–१ को सफलतापछि भीएफएमले दोस्रो पटक कार्यक्रम आयोजना गर्न लागेको जनसम्पर्क अधिकृत महेश ढुंगानाले जानकारी दिनुभयो ।

२१ जुन शनिबार आयोजना हुने उक्त गाला डिनर रेड क्याप्सिकम रकडेलमा हुनेछ । कार्यक्रममा बार्डन क्षेत्रबाट नवनिर्वाचित सांसद लिन्डा बुर्नो, अस्ट्रेलियाका लागि नेपाली काउन्सिलर दिपक खड्कालगायत लब्धप्रतिष्ठत व्यक्तित्वहरुको डिनरमा सहभागिता रहने अधिकृत ढुंगानाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा लाइभ म्युजिक इन्टरटेन्टमेन्ट रयाफल्स, अक्सनका आधारमा डोनेशन र भीएफएमको सांस्कृतिक समूहले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछ । गत वर्ष भीएफएमको सफलतापछि दोस्रो पटक कार्यक्रम आयोजना गरिएको हो, अधिकृत ढुंगानाले भन्नुभयो, ‘नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीको सहयोगका लागि कार्यक्रम आयोजना गरिएको हो, सिड्नीवासी नेपाली समुदायलाई सहभागिताका लागि अनुरोध गर्दछु ।’

भीएफएमले नेपाली विद्यार्थीलाई लामो समयदेखि सहयोग गर्दै आएको यसका कार्यकारी अधिकृत महेश प्रसाईंले बताउनुभयो । भीएफएमका पदाधिकारी स्वमसेवी भएको र गाला डिनरबाट संकलित रकमबाट नेपाली विद्यार्थीलाई सिप सिकाउनुका साथै कार्यस्थल देखाउन सहयोग गर्ने कार्यकारी अधिकृत प्रसाईले नेपाल लन्डन न्यूज डटकमलाई जानकारी दिनुभयो । नेपाली विद्यार्थीको सहयोगका लागि कार्यक्रम आयोजना गरिएकाले डिनरमा सहभागिताका लागि कार्यकारी अधिकृत प्रसाईले अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *