एनआरएन निर्वाचन लक्षित छोटो चलचित्र सार्वजनिक

सिड्नी । इनास साउथ अष्ट्रेलियाले जनचेतनामुलक ‘छोटा चलचित्र’ सार्वजनिक गरेको छ । इनास साउथ अष्ट्रेलियाको ब्यानरमा निर्माण भएको उक्त छोटो चलचित्र गैरआवासीय नेपाली संघको निर्वाचन लक्षित छन् । आरसी थापाले निर्देशन गरेको उक्त चलचित्रमा बिकास शर्मा पोखरेल, मिलन दाहाल, नारायण खड्का, एलिना पाण्डे, बिपना थापा र निर्देशक थापा आफैले अभिनय गरेका छन ।

‘कार्कीको भोट’ नाम दिइएको उक्त चलचित्रले मनोरञ्जन र सामाजिक सन्देश प्रवाह गरेको निर्देशक थापाले जानकारी दिए ।  चलचित्रले एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा मतदातालाई आफ्नो विवेक प्रयोग गर्न प्रेरित गरिएको छ । इनास साउथ अप्ट्रेलियाका अध्यक्ष मिलन दाहालले भने, ‘यो छोटो चलचित्रले एनआरएनमा सही नेतृत्व चयन गर्न भूमिका खेलोस् भन्ने कथाकारको धारणा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *