मलेसियाको नयाँ श्रम स्वीकृति बन्द भएको एक वर्ष पूरा

काठमाडौं । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया जान बन्द भएको एक वर्ष पूरा भएको छ । दुई देशबीच नयाँ श्रम समझदारी भइसके पनि कार्यान्वयनमा अझै आउन सकेको छैन । पोहोर साल जेठ २ गतेदेखि नयाँ कामदारको श्रम स्वीकृति रोकिएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा लगाउने प्रक्रियामा खोलिएका संयन्त्रहरु गैरकानूनी रहेको, ती संयन्त्रले लिने शुल्कमा मनोमानी गरेको र स्वास्थ्य परीक्षणमा सिण्डकेट कामयम गरेको भन्दै श्रम स्वीकृति रोकेको थियो । पोहोर साल जेठ २ अघि कलिङ भिसा आइसकेका कामदार मात्रै प्रक्रिया मिलाएर मलेसिया गइरहेका छन् ।

नयाँले श्रम स्वीकृति पाएका छैनन् । वैदेशिक रोजगारविज्ञ प्राध्यापक डाक्टर गणेश गुरुङ सरकारले उल्टो बाटो अपनाएकाले ढिलो हुन गएको र त्यसको मार बरोजगार युवाले खेपिरहेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *