तक्दीर अधिकारी सिड्नी । विन्दु पौडेल र हिमाल सागरको स्वरमा रहेको काफलको दाना म्युजिक भिडियो लोकप्रियताको शिखरमा पुगेको छ । विदेशमा बसेर फर्केपछि बाल्यकालदेखिको पे्रमीसँग बिताएको क्षण गीतमार्फत् अभिव्यक्त गरिएको छ । ठट्टा पारामा विगत बिर्सेको अभियन प्रेमिकाले गरेपछि उत्पन्न परिस्थितिलाई गीतमार्फत् अभिव्यक्त गरिएको छ ।

बाल्यकालमा धेरै रमाइला क्षण बिते, तर रुखमा चढेर, काफल टिपेर, गलबन्दीमा बेरेर मायालुका लागि ल्याएको क्षण चाहिँ दुवैले बिर्सेका रहेनछन् । यही सम्झनालाई गीतको शीर्षक बनाइएको छ । ‘काफलको दाना गलबन्दीभरि थापेर ल्याइदिउला । त्यही बहानालाई छोपेर तिम्रो नजिक आइदिउला, मुटुको माया मुखमा सारी आइ लभ यु भनौंला ।’ ‘बल्ल पर्यो फेला’ गीतबाट गायन यात्रा आरम्भ गरेकी विन्दू पौडेलको ‘बाध्यताले हामी छुटेको’ पहिलो मोडलिङ गीत हो ।
विन्दुले अहिलेसम्म दर्जन गीतमा स्वर दिइसकेकी छन् । आधा दर्जनभन्दा बढी गीतमा उनको मोडलिङसहित स्वर छ । विन्दू अब तीज गीत लिएर सांगीतिक संसारमा उनी छिट्टै देखिने र सुनिने छिन् । पछिल्लो उनले स्वर दिएको गीत ‘काफलको दाना’ पूर्वी लोक भाकामा रहेको छ-हेर्नुहोस भिडियो —
उक्त गीतमा पल शाह र आचल शर्माले अभिनय गरेका छन्। विष्टले कोरियोग्राफी र निर्देशन गरेको उक्त गीतको संगीत र रचना दिपक शर्माले गरेका हुन् ।






