लण्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० (Visit Nepal 2020) सफल पार्न बिशेष योगदान पुर्याउने उद्देश्यले नेपाली राजदुताबास बेलायतले बेलायतमा एक उच्चस्तरिय समिति गठन गरे लगत्तै नेपाल भ्रमण बर्ष २०२०- वेल्स समन्वय समितिको पहिलो बैठक २८ अप्रिल २०१९ मा ब्रेकनमा सम्पन्न भएको छ।
पर्यटन प्रबर्धनमा वेल्सको तर्फबाट विशेष भूमिका खेल्न के कस्ता कार्यक्रमहरु र सहयोगहरुको आवस्यकता पर्दछ भन्ने बारेमा छलछल गर्नका लागि वेल्स समन्वय समितिको पहिलो बैठक वेल्स समन्वय समितिका संयोजक – मेजर रिटायर्ड खुशिमान गुरुङ यम भी ओ को संयोजकत्वमा बसेको थियो।
बैठकमा भ्रमण बर्ष २०२०- वेल्स समन्वय समितिका सह संयोजक महादेव थापा, सचिब -श्रीमती शोभा राणा पोखरेलका साथै वेल्समा रहेका प्रमुख नेपाली सँस्थाहरुका प्रतिनिधिहरु: गैर आबासिय नेपाली संघ वेल्सका अध्यक्ष राम चन्द्र पोखरेल र सचिब – निर लाल मोक्तान; नेपाली समाज वेल्स, यूकेका अध्यक्ष अमृत घले र सचिब अमर मल्ल; वेल्श गोर्खा कम्युनिटी, कम्ब्रानका अध्यक्ष खिम छेत्री र सचिब एम पी चेम्जोङ्ग; गोर्खा नेपाली एसोसियसन, ल्यानेलीका अध्यक्ष टंक राम राइ; ब्रेकन नेपाली समाज, ब्रेकनका सचिब -डम्बर सुनुवार; मेजर रिटायर्ड – गुप्तमान गुरुङ यम भी ओ, एम बि ई; वेल्सको तर्फबाट भिजीट नेपाल २०२० बिशेष प्रतिनिधि काउन्सिलर – डेभिड मेरेदिथ र काउंसिलर कोलिन प्रिस को बिशेष सहभागिता रहेको थियो।
संयोजक गुरुङले वेल्सका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व जनाउनुहुने सम्पूर्ण उपस्थित महानुभाबहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै नेपाल भ्रमण बर्ष २०२०- वेल्स समन्वय समितिको काम, कर्तब्य र भूमिका प्रति प्रकाश पार्नु भएको थियो।
बैठकले नेपाल भ्रमण वर्ष २०२० संग सम्बन्धित बिबिध बिषय बस्तुमा छलफल गरि नेपाल भ्रमण वर्ष २०२० सफल पार्न निम्न कार्यदिशाका साथ् अगाडी बढ्ने निर्णय लिएको छ:
१. नेपाल भ्रमण वर्ष २०२० लाई अधिकतम रुपमा सफल पार्न नेपाली राजदुताबास लन्डनले गठन गरेको तिन सदस्यीय वेल्स समन्वय समितिलाइ स्वागत तथा सुभकामना व्यक्त गर्दै वेल्समा नेपाल भ्रमण वर्ष २०२० लाई बढी भन्दा बढी प्रभाबकारी बनाउने अदेश्यका साथ तिन सदस्यीय समितिलाई विस्तार गरि नेपाली राजदुताबास लन्डनमा स्वीकृतिका लागि पठाउने, समिति विस्तारका लागि वेल्समा रहेका प्रमुख नेपाली सँस्थाहरुको राय सल्लाह र सुझाबलाई मध्यनजर गरि पहिलेको तिन सदस्यीय समितिमा सदस्यहरु तथा सल्लाहकारहरु मनोनयन गर्ने ।
२. नेपाल भ्रमण वर्ष २०२० प्रचार प्रसारका लागि आबश्यक गाईडलाईन्स तथा सामाग्रीहरु उपलब्ध गराउन नेपाली राजदुताबास लन्डनसंग समन्वय गर्ने।
३. वेल्सका विभिन्न सहर तथा क्षेत्रहरुमा हुने कार्यक्रमहरुको पहिचान गरि उक्त स्थानहरुमा नेपाल भ्रमण वर्ष २०२० प्रचार प्रसारका सामाग्रीहरु राख्न (डिस्प्ले) गर्न आबश्यक अनुमति लिन र अन्य आबश्यक कार्यहरु गर्न क्षेत्र अनुसार प्रतिनिधिहरु खटाउने ।
४. ९ जुन २०१९, आईतवारका दिन ब्रेकनमा हुन् गहिरहेको गोर्खा फ्रीडम परेड, ब्रेकन – धम्पुस भगेनी (मितेरी) सम्बन्धको खुशियाली समारोह तथा नेपाल भ्रमण वर्ष २०२० बिशेष समारोहलाई भब्य रुपमा सफल पार्न सहयोग गर्ने ।
५. ३ अगस्ट २०१९, शनिवारका दिन ब्रेकनमा हुन् गहिरहेको “Hike for Nepal” र नेपाल भ्रमण वर्ष २०२० बिशेष समारोहलाई भब्य रुपमा सफल पार्न सहयोग गर्ने जस्ता निर्णयहरु लिएको छ। वेल्स स्थित ब्रेकन सहरको तालगार्थ टाउनमा अबस्थित The New Gurkha Inn मा बैठक सम्पन्न गरिएको थियो।






