बेलायतमा परियार समुदायले गठन गरे सयपत्री नेपाली सेवा

लन्डन । आफ्नो जन्मथलो छोडी बेलायतलाई कर्मथलो बनाउन पुगेका बेलायतबासी परियार समुदायले गत २१ अप्रिल २०१९ आइतबार अल्डरसर्ट प्यालेस रेस्टुरेन्टमा ‘सयपत्री नेपाली सेवा समाज युके’ गठन गरे ।

दिलिप  महराको अध्यक्षतामा गठन भएको उक्त कार्यसमितिको उपाध्यक्षमा चेतबहादुर बर्देवा, पबित्र बर्देवा, महासचिवमा धनबहादुर परियार, सहसचिवमा रबिन परियार, कोषाध्यक्षमा पर्त दर्जी र सहकोषाध्यक्षमा सुरज सेवा रहेका छन् । यसैगरी सल्लाहकारमा नवीन सेवा, कुमार घले, उत्तर बर्देवा, किशोर महरा, हस्त रत्न, राजेन्द्र सेवा र हर्कराज परियार रहेका छन् ।


कार्यक्रम रमिला महरा र शोभा बर्देवाद द्विप प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन गरे । सस्थाभित्र आवद्ध भएका सदस्यहरुको दुःख मा साथ दिदै सुखमा विभिन्न नेपाली चाड्पर्व मनाउदै आ आफ्नो सस्कृती र परम्परालाई संरक्षण गर्ने नीति लाई अबलम्बन गरेको छ। त्यस का साथै बेलायत को नियम र कानुन लाई पालना गर्दै आधुनिक मानव आधिकार को संरक्षण र सम्बर्द्धन गर्न को लागि अरु संघसस्थाहरु सङ सहकार्य गर्दै आफ्नो एउटा ससक्त भुमिका निर्वाह गर्ने कटिबद्धता जनाएको छ । यस सस्थालाई आधिकारिक रुप मा मान्न्यता दिई सफल पार्न को लागि बेलायतका विभिन्न ठाउँबाट परियार समुदाय का सद्स्यहरु उक्त ठाउमा भेला हुनु भएको थियो । यसै क्रममा कोल्चेस्टर नेपाली समाज युके को महासचिव जस्तो गरिमामय पद मा सक्रिय भएर प्रभावशाली भुमिका निर्बाह गर्दै आउनु भएको अति नै मिलनसार,सकृय समाजसेबी श्री दिलिप महरा ज्युले सम्बोधन गर्नु भएको थियो।

उक्त भेलालाइ सम्बोधन गर्दै सस्थाको समृद्धिको लागि आ आफ्नो ठाउँ बाट बौद्धिक, शैक्षिक र ब्यक्तिगत छमता को अधार मा कर्तव्य निस्ठ भएर सस्थाको मूल्य र मान्यता को पालना गर्दै एक आपसमा सहयोग को भावना लिएर अघि बढन सन्देशमुलक सुझाव सहित आफ्नो धारणा व्यक्त गर्नु भएको थियो। त्यस पश्चात् सस्थालाई अनुसाशन र ब्यबस्थित प्रबृतिबाट परिचालन गर्न को लागि ११ धारासहितको बहुआयामिक बिधान प्रस्तुत गरिएको थियो । उक्त बिधानलाई पूर्णता दिनको लागि उपस्थित जनभेला मा बृहत छ्लफल गरि बहुमत ले पारित गरिएको थियो ।

उक्त बिधानको अनुसाशन भित्र रहेर दिलिप महरा ज्युको अध्यक्षता मा यस सस्था लाई प्रभबकारी रुपमा ब्यबस्थित गरि मुहुर्त रुप दिनको लागि सल्लाहकार सहितको ससक्त कार्यसमिति को गठन गरिएको थियो।

नया पदाधिकारीहरुले खादा तथा बधाइ ग्रहण गरेपछि सल्लाहकार कुमार घलेले सम्पूर्ण पदाधिकारीलाई समितिको आचारसंहितालाई पालन गर्दै कर्ममा निष्ठावान हुनुपर्ने भन्दै सपथ ग्रहण गराएका थिए ।

सस्थाको महासचिव धनबहादुर परियारले सम्पूर्ण कार्यक्रम सुचारु रुपले सन्चालन गर्नु भएको थियो ।

उक्त मौकालाई सदुपयोग गर्दै नेपालबाट आएका कलाकारद्वय मदन परियार र सुनितामी परियारलाई स्वागत गरियो ।
– किसान परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *