काठमाडौँ- बारा र पर्सामा आइतबार राती आएको हावाहुरीबाट गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
गम्भीर घाइते ७ जनाको महाराजगन्जस्थित त्रि.वि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारीले गम्भीर ७ जनाको अहिले टिचिङमा उपचार भइरहेको र सबैको उपचार निःशुल्क हुने बताए ।
घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, तराई अस्पताल विरगंज, कलैया अस्पताल, एडभान्स अस्पताल, गण्डकी अस्पताल, वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।






