इमरानको यो टिप्पणीले बिग्रिएको पूरा खेल

एजेन्सी- अफगानिस्तानले पाकिस्तानबाट आफ्ना राजदूत फिर्ता बोलाइएको छ । अफगानिस्तान पाकिस्तानका प्रधानमन्त्री इमरान खानको एउटा टिप्पणीले रुष्ट छ । इमरानले काबुलमा एउटा अन्तरिम सरकार बन्नुपर्छ भन्ने टिप्पणी गरेका थिए ।

अफगानिस्तानले खानको यो टिप्पणीलाई गैरजिम्मेवारी बताएको छ । इमरान खानले अफगानिस्तानमा एक अन्तरिम सरकार हुँदा अमेरिका र तालिबानबीचको कुराकानीमा गती आउने मनसाय व्यक्त गरेका थिए । खानले तालिबानका जनता अफगानिस्तानको वर्तमान सरकारसँग कुराकानी गर्न तत्पर नभएको बताएका थिए ।

इमरानले अफगानिस्तानको वर्तमान सरकार तालिबानसँग शान्ति प्रक्रियामा बाधा भएकोसमेत बताएका थिए । उनले अफगानिस्तानको सरकारको आपत्तिको कारण तालिबानी नेतासँग प्रस्तावित कुराकानी रद्द गर्नुपरेको पनि बताए ।

अफगानिस्तानले काबुलमा पाकिस्तानी राजदूतलाई फिर्ता बोलाउँदै इमरान खानको टिप्पणीमाथि कडा असन्तुष्टि जनाएको छ । अफगानिस्तानका विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो ट्वीटमा खानको टिप्पणीबाट पाकिस्तानले अफगानिस्तानको सम्प्रभुताको सम्मान नगर्ने र उनीहरुले हस्तक्षेपको नीति अघि बढाइरहेको बताएका छन् ।

यो मामलामा अफगानिस्तानले पाकिस्तानलाई स्पष्टिकरण दिन भनेको छ । अमेरिका अफगानिस्तानमा तालिबानसँग कुराकानी गर्ने कोसिस गरिरहेको छ र पाकिस्तान पनि यसमा समावेश छ । यता पाकिस्तान र तालिबानले तालिबानी अफगानिस्तानको अशरफ गनी सरकारसँग कुराकानीका लागि तयार नभएको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *