बेलायतको शिक्षा सिक्दै भ्याली र त्रिसहिदका ४० विद्यार्थी

शिव भण्डारी

लन्डन । नेपालको सरकारी विद्यालयका विद्यार्थी बेलायत भ्रमणमा आएका छन् । नेपाल र बेलायतबीच मौलिक कला संस्कृति आदान प्रदान गर्ने उद्देश्यले नेपालबाट शिक्षक र विद्यार्थी गरी ५३ जना नेपालीहरु बेलायत आइपुगेका हुन् । हार्रोगेट ब्रिगानेट र हिमालयन गोर्खाजको संयुक्त पहलमा स्याङ्जाको आँधिखोलास्थित त्रिसहिद माध्यमिक विद्यालय र काठमाडौंमा रहेको भ्याली पब्लिक स्कुलका विद्यार्थी तथा शिक्षकहरु बेलायत आएका हुन् । भ्रमण टोलीमा स्याङजाकै पुरानो विद्यालय त्रिसहिद माध्यमिक विद्यालयका २० जना विद्यार्थी र भ्याली पब्लिक स्कुलका २० जना विद्यार्थी एवं संगीत प्रशिक्षक, नृत्य प्रशिक्षक र विषय शिक्षक गरी ५३ जना छन् ।

नेपाली शिक्षक विद्यार्थीको टोली बेलायतका विभिन्न १४ विद्यालयमा हुने कार्यक्रममा सहभागी भएका छन् । बेलायत भ्रमण टोलीमा किड्स अलाउड प्रोजेक्टका अन्तर्राष्ट्रिय कोडिनेटर एबम रि. मेजर लिलबहादुर गुरुङ एम बि यी ले नेपाली विद्यार्थीहरु बेलायतजस्तो आधुनिक र विकशित देशमा आएर आफ्नो प्रस्तुति प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको लन्डन नेपाल न्यूज डट कमलाई बताए ।

बेलायतका विभिन्न १४ स्कुलमा तय भएको कार्यक्रम अनुसार अहिले धमाधम उनीहरु कार्यक्रममा ब्यस्त छन् । नेपाली विद्यार्थी र बेलायती विद्यार्थीहरुबीच आ आफ्नो कला र संस्कृतिलाई गीत नृत्य मार्फत कार्यक्रम प्रस्तुत गरिरहेका छन् । किड्स अलाउड प्रोजेक्टका अन्तर्राष्ट्रिय कोडिनेटर एबम रि. मेजर र गुरुङले लन्डन नेपाल न्युजका सम्पादक शिब भण्डारी संग टेली फोनमा बोल्दै  उनीहरुको एक अर्कामा अन्तरसंवाद पनि गरिरहेका छन् । आजको विश्वब्यापीकरणको युगमा एक देशको कला र सस्ंकृति अर्को देशमा सहजै आदान प्रदान गर्न सकिने भए पनि आफैं प्रत्यक्ष अवलोकन गर्दा उनीहरुको लागि ठुलो उपलब्धि भएको उनको दावी छ । उनीहरु जम्मा २१ दिन बेलायतमा रहनेछन् । यसको लागत प्रायः सबै बेलायती संस्थाले ब्यहोरेको उनले जानकारी गराए ।

भ्रमण टोलीमा सँगै रहनु भएका भ्याली पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी एबम,त्रिसहिद माध्यमिक विद्यालयका प्रिन्सिपल टेक नाथ खनालले बेलायतजस्तो आधुनिक र विकसित देशमा आफ्नो प्रस्तुति प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भ्रमण सोचेको भन्दा उपलब्धिपुर्ण भईरहेको र यो भ्रमणले नेपाली र बेलायती दुवै देशका विधार्थाीहरु नयाँ कुरा सिकाइमा उत्साहित भएको जानकारी दिनुभयो ।

भ्याली पब्लिक स्कुल काठमाडौँ सुन्दर बस्ति र त्रिसहिद माध्यमिक विद्यालय नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने स्याजा जिल्लाको आधिखोला १ पञ्चमुलमा अबस्थित छ।

यसैबीच बेलायत स्थित नेपालको स्याजा जिल्लाबाट बेलायतमा स्थापित सोंपाल समाज युकेले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थी एवं संगीत प्रशिक्षक, नृत्य प्रशिक्षक शिक्षक गरी ५३ जनाको टोलीलाई बेलायतमा संस्थाको तर्फबाट स्वागत प्रेरणा,हौसल्ला पूर्ण रुपले रहेको सस्थाका महासचिव भरत गुरुङ तथा सल्लाहकार डेबिड गुरुङले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *