कांग्रेस नेतृ एवं प्रदेश सांसद बर्मा लन्डन आउने

लन्डन– नेपाली कांग्रेसकी युवा नेतृ एवं प्रदेश नम्बर ३ का सांसद बिजुला शर्मा आगामी २९ तारिखमा बेलायत भ्रमणमा आउने भएकी छन् ।

बेलायतमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन बर्मा लन्डन आउन लागेको गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए । बेलायतमा रहँदा बर्माले बेलायतस्थित नेपाली समुदायसँग अन्तरक्रियालगायतका कार्यक्रममा सहभागी हुने बताइएको छ ।

त्रिपाठीका अनुसार बर्माले बेलायतस्थित भुपुगोर्खा, नेपाली जनसम्पर्क समिति बेलायत, प्रेस युनियन बेलायत लगायतका संघसंस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ । बर्माको सम्मानमा गैरआवासीय नेपाली संघ युकेले ७ अप्रिल आइतवार, साँझ ह्यारोस्थित चौतारी रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्ने त्रिपाठीले जनाए । यस्तै गोर्खा सत्याग्रह संघर्ष समितिले ६ अप्रिलका दिन साँझ गोल्डेन शिप रेस्टुरेन्टमा स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाल विद्यार्थी संघको पुर्वउपाध्यक्ष समेत रहेकी सभासद बर्मा नेपाली कांग्रेस नयाँ पुस्ताको लोकप्रिय तथा बैद्धिक नेताको रुपमा चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *