बहुला कुकरको टोकाइबाट २१ जना घाइते

बर्दिया, ६ चैत । बहुला कुकुरको टोकाइबाट बर्दियामा २१ जना घाइते भएका छन् ।

बर्दियाको पश्चिमी क्षेत्रमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका ठाकुरद्वारा, सुर्यपटुवा र ढोढरी गाविसमा बहुला कुकुरले टोक्दै हिड्न थालेपछि सो स्थानमा २१ जना मानिस घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।

घाइतेमध्ये दुईजनालाई उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ भने अन्यको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

गाउँमा एक्कासी छिरेको बहुला कुकुरले बाटोमा जसलाई पायो त्यसलाई टोक्दै हिडेको खबर पाएपछि आफूहरू घटनास्थल पुग्दा नौजना घाइते भएको बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख सरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

बहुला कुकुर नियन्त्रणमा लिने प्रयास गरेतापनि सो कुकुर जङ्गलतिर भागेको स्थानीयवासीले बताएका छन् ।