सिके राउतलाई रिहा गर्न सर्वोच्चको आदेश

OLYMPUS DIGITAL CAMERA

काठमाडौं– राज्य विप्लवको आरोप लागेको स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ ।
जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका राउतलाई सर्वोच्चले तारेखमा रिहा गर्न आदेश दिएको हो ।

राउतलाई गैरकानूनी ढंगले थुनिएको भन्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *