काठमाडौं- पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राति ९:४५ बजे निधन भएको छ । उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो । मोरङ- २ बाट तीन पटक निर्वाचित अधिकारी दुई पटक उपप्रधानमन्त्रीसहित अर्थ, जलस्रोत, निर्माण तथा यातायात मन्त्री हुनुभएको थियो ।
पूर्वअर्थमन्त्री अधिकारीको निधन






