काठमाडौं– ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र हेलिकप्टरका पाईलट प्रभाकर केसीसहित ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
बुधबार हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र हेलिकप्टरका पाईलट प्रभाकर केसीसहित ५ जनाको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।
दुर्घटनामा परी ज्यान गुमाएका मन्त्री अधिकारीको भने गृहजिल्ला पोखरामा अन्त्येष्टि गरिँदैछ । त्यसैगरी अर्का पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव पनि परिवारलाई बुझाइएको छ । शुक्रबार विहान मन्त्री अधिकारीसहित सबैको शवलाई श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा राखिएको थियो ।






