संसारका सबैभन्दा धनी जेफ बेजोसले भने, ‘इन्टिमेट एवं गोप्य तस्बिरका लागि म्यागजिनले ब्ल्याकमेल ग–यो’

एजेन्सी- संसारका सर्वाधिक धनी व्यक्ति एवं एमेजन डट कमका संस्थापक जेफ बेजोसले अमेरिकी ट्याब्लोइड पत्रिकाका मालिकले आफूलाई गोप्य तस्बिरका लागि ब्ल्याकमेल गर्न खोजेको आरोप लगाएका छन् ।

बेजोसले नेशनल इन्क्वाएरर नामक पत्रिका छाप्ने अमेरिकन मिडिया इंक (एएमआई) ले आफ्ना अतिगोप्य इमेल कसरी फेला पार्यो भन्नेबारे अनुसन्धान गर्न माग गरेको बताएका छन् ।

एएमआइले आफ्ना नीजि एवं गोप्य तस्बिरका साथै इमेल पनि सार्वजनिक गरिदिने धम्की दिएको बेजोसले जानकारी दिए । उनले यसलाई ‘ब्ल्याकमेल’ को संज्ञा दिएका छन् ।

बेजोस र उनकी श्रीमती म्याक्केन्जीले गत महिना आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका थिए ।

उनीहरुको सम्बन्धविच्छेदको घोषणा नेशनल इन्क्वाएररले बेजोसको विवाहेत्तर सम्बन्धबारे रिपोर्ट सार्वजनिक गरेपछि आएको हो ।

बीबीसीले बेजोसको यस्तो आरोप जान्न खोज्दा एएमआईले कुनै पनि टिप्पणीका लागि अस्विकार गरेको छ ।

बेजोसले के भने ?

बिहिबार प्रकाशित एक ब्लगमा बेजोसले भने, ‘एएमआईका प्रतिनिधीले मेरा मध्यस्थकर्तालाई प्रेमिका लाउरेन सान्चेजसँगको इन्टिमेट तस्बिर सार्वजनिक गरिदिन्छु भनेर इमेल पठाए ।’

वासिङ्टन पोष्टका मालिक समेत रहेका बेजोसले भने, ‘एएमआईले मेरोबारे जुन समाचार प्रकाशित गर्यो, त्यसमा कुनै राजनीतिक उद्देश्य नभएको भन्दै झुटो सार्वजनिक बयान दिन माग गर्यो ।’

बेजोसले आफ्नो ब्लगमा पोष्ट गरेको इमेलका अनुसार एएमआईका वकिलले बेजोसलाई बुधबार ‘बेजोसको सम्बन्धबारे रिपोर्ट सार्वजनिक गर्नुको उद्देश्यबारे आफूलाई केही पनि जानकारी नभएको र यसलाई पुष्टि गर्ने कुनै आधार नभएको’ भनी बयान दिए एएमआइले कुनै पनि फोटो सार्वजनिक नगर्ने प्रस्ताव राखे ।

जेफ बेजोसः संसारकै धनी व्यक्तिको २५ वर्षे वैवाहिक सम्बन्धको अन्त्य
‘ममाथि यस्तो ब्ल्याकमेल गरिएतापनि,’ बजोसले लेखे, ‘मैले उनीहरुले धम्कीपूर्ण तरिकाले पठाएको इमेल नै सार्वजनिक गरिदिने निर्णय गरेँ ।’

उनले यसअघिको आफ्नो ब्लगमा एएमआईसँग राष्ट्रपति डोनल्ड ट्रम्प सम्बन्धित भएको बताएका थिए ।

उनले किन ट्रम्पको नाम लिए ?

बेजोसले वासिङ्टन पोष्टका कारण आफ्नो डोनल्ड ट्रम्पसहित केही विशेष शक्तिशाली व्यक्तिसँगको सम्बन्ध चिसिएको बताए । उनका अनुसार एएमआईका मालिक डेभिड पेकर ट्रम्पका निकै मिल्ने साथी हुन् ।

एएमआईले ट्रम्पको राष्ट्रपति चुनावको अधियानमा प्लेब्वई मोडल चुप रहन एक लाख ५० हजार अमेरिकी डलर दिन सहयोग गरेको स्विकारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *