प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध

;+3Lo ;+;bsf] bf];|f] clwj]zg ;'? ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/b]lv z'? ePsf] k|ltlglw;efsf] bf];|f] clwj]zgdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं– प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध भएको छ । प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध जनाइराखेपछि बैठकको काम कारवाही प्रभावित भएको हो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले सोमबारका लागि तय भएका राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव बाहेक १ देखि ६ नम्बर सम्मको कार्यसूची कार्यसूचीबाट हटाएको जानकारी गराउँदै आसन ग्रहणका लागि आग्रह गरेका थिए । तर काँग्रेस सांसदहरुले उभिएर विरोध गरिरहेपछि सभामुख महराले बैठक स्थगित भएको घोषणा गरेका हुन् । अर्को बैठक भोली मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दे काँग्रेसले संघीय संसदका दुवै बैठक अवरुद्ध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *