बेलायतको अल्डरसटमा पनि बिस्तार भयो, सम्वृद्धि रियल इस्टेट !!! भिडियो सहित

लण्डन । बेलायतको अल्डरसटमामा सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामी द्वारा उद्घाटन गरि कार्य आरम्भ गरिएको छ ।

अन्तरास्ट्रिय स्तरको रियल इस्टेट सेवा नेपालमा प्रदान गर्ने अभिप्रायले नेपालमा खोलिएको उक्त कम्पनीले धेरै मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्ने र नेपालको ठुला सबै सहर हरुमा पुग्ने उदेस्य अनुरुप यो सम्पर्क कार्यालय खोलिएको हो ।

उक्त कार्यक्रममा एनआरएनए युके अध्यक्ष योग कुमार फगामी, संरक्षक योगेन क्षेत्री,एनआरएन युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ एनआरएन युकेका उपाध्यक्षहरु पुनम गुरुड्ग,प्रेम गाहा मगर, शेर बहादुर सुनार,सुशिला राई, थर्क सेन,रन्जिता मल्ल,पत्रकार पुर्ण गुरुड्ग,बाचस्पति रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

अब अल्डरसटमा बस्ने नेपाली हरुले अन्तरास्ट्रिय स्तरको रियल इस्टेट सेवा पाउन सक्ने भएका छन । नेपालमा प्रोपार्टी ब्यबसाय लाई सस्थागत गर्दै सम्वृद्धिको अभियान लाई बिस्व भरि ,नेपाल भरि पुर्याउने लक्ष्य राखीएको ,संसार भरि छरिएका नेपालीहरुलाई प्रोपार्टीको बारेमा सहि सूचना दिने ,उचित लगानीको अवसर प्रदान गरिने सम्वृद्धि रियल इस्टेटका मार्केटिंग डाईरेक्टर ,एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेले जानकारी दिएका थिए ।

बेलायतको अल्डरशटमा बिस्तार भएको सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय उद्घाटनको स्थलबाट लन्डन नेपाल न्युजका लागि हेर्नुहोस प्रकाश कंडेलको एक(भिडियो रिपोर्ट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *