अष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपाली युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । उनलाई सामान्य पौडी खेल्न आउने तर समुन्द्रको पानीमा पौडी खेल्न सक्षम नुहँदा उनको ज्यान गएको हो । निश्चल घिमिरे नाम गरेका ती नेपाली युवालाई शुक्रबार बेलुका दक्षिण अष्ट्रेलिया प्रहरीले फेला पारेको थियो ।
उनी हराएको १७ घण्टा पछि प्रहरीले उनको शव फेला पारेको थियो ।
२७ डिसेम्बरको ४ बजेतिर घिमिरेले एक १० वर्षिय अशक्त बालकलाई लिएर समुन्द्रतर्फ गएको बताइएको छ । तर, ती बालकलाई घरमा समयमा नफर्काए पछि उनीहरुको खोजी भएको थियो ।
घिमिरेका दाई घनश्याम घिमिरे काठमाडौँमा एजुकेशनल कन्सलटेन्सी चलाउँछन् । उनी आइतबार अष्ट्रेलिया आउने बताइएको छ ।






