तमु धिं यूकेका अध्यक्ष गुरुङलाई मातृशोक, पत्रकार महासंघ यूकेद्वारा दुःख व्यक्त

लन्डन– तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुङलाई मातृशोक परेको छ । गुरुङकी आमा चिजा गुरुङको बिहीबार बिहान पोखरास्थित आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएको छ । आमाको निधनको खबर पाएलगत्तै अध्यक्ष गुरुङ बिहीबार नै नेपाल प्रस्थान गरेका छन् । गुरुङकी आमाको निधनमा बेलायतस्थित नेपाली संघ संस्थाले दुःख व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष नरेश खपांगीमगरले महासंघका सदस्य समेत रहेका गुरुङकी आमाको निधनबाट शाखा स्तब्ध भएको जनाएका छन् । स्व गुरुङको आत्माको चिरशान्तिको कामना गर्दै शोक विज्ञप्तीमा शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना समेत व्यक्त गरिएको छ । तमु धिं यूकेले पनि अध्यक्ष गुरुङलाई परेको मातृशोकमा दुख व्यक्त गरेको छ । यसैबीच तमु धिं यूकेको आयोजनामा आउँदो आइतबार रेडिङमा हुने ल्होसार कार्यक्रममा अध्यक्ष गुरुङले आफ्नो कार्यकाल पूरा गरी औपचारिक रुपमा नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङलाई कार्यभार हस्तान्तरण गर्ने कार्यक्रम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *