इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण मृत्यु हुनेको संख्या एक सय ६८ पुगेको छ ।
सरकारको भनाई अनुसार कम्तिमा सात सय घाइते भएका छन् भने थुप्रै हराइरहेका छन् । प्रभावित इलाकामा पनि अहिले पनि आपतकालीन सेवा पुर्याउने कोसिस गरिँदैछ ।
देशको प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार दुई व्यक्ति हराइरहेका छन्, दर्जनौं भवन क्षती भएका छन् भने पाँच सय ८५ घाइते भएका छन् । मृतकको संख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।
क्रिकाटोआ ज्वालामुखी बिस्फोट भएपछि समुन्द्र भित्र भएको भुस्खलनका कारण सुनामी आएको हुनसक्ने अनुमान गरिएको छ ।
सुन्डा स्ट्रेट, जावा र सुमात्रा द्वीपबीच अवस्थित छ जसले जावा सागरलाई हिन्द महासागरसँग जोड्छ ।
पान्डेगलांग, दक्षिण लामपुङ र सेराङ क्षेत्रमा अत्यधिक क्षती भएको बुभिएको छ ।
प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार शनिबार पूर्णिमा भएकाले पनि समुन्द्रको छाल निकै माथिसम्म उठेको हुनसक्छ ।
एजेन्सी






