काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारको (कात्तिक १८) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४३ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ३ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ३ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ १ पैसा र बिक्रिदर १४३ रुपैयाँ ७८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ९ रुपैयाँ ९५ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ५३ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ५० पैसा रहेको छ ।







