बेलायतमा यस बर्षको छठ शनिबार दिउसो मनाउदै

लन्डन–बेलायतमा एसोसिएसन अफ नेप्लिज मधेसी इन यूके र यूरोपियन मधेसी सोसाइटीले संयुक्तरुपमा छठ पर्व आयोजना गरिएको भाग्यनारायण रायले जानकारी दिए । आगामी नोवेम्बेर १७ तारिख शनिबार दिउसो  फेल्थम कम्युनिटी कलेजमा छठ विशेष कार्यक्रम आयोजना गरिएको छ । 
कार्यक्रमको प्रमुख आतिथ्यता बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले गर्ने कार्यक्रम छ । कार्यक्रममा तराई मधेसको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि हुने रायले लन्डन नेपाल न्यूजलाई बताए ।
परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुन: अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
दिउँसो २ देखि ६ बजेसम्म हुने कार्यक्रममा सहभागी हुन आयोजकले विशेष अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *