बेलायतमा एशियन नेपाली महिला (आमा) समुहले यसरी मनायो तीज हेर्नुस (भिडियो सहित)

शिब भण्डारी

लन्डन । एशियन महिला एशोसियसन (आमा) समुहको तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाली नारीहरुको महत्वपूर्ण चार्ड हरितालिका तीजको अवसरमा बेलायतस्थित आमा समूहले तीज विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रममा नेपाली दिदी बहिनीहरुको उल्लेख्ख सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अथितिका रुपमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीकी पत्नी पुनम राज्य लक्ष्मी सुवेदी सहभागि थिइन् । विशेष अथितिका रुपमा रशमुरका डेपुटी मेयर सुकार्टर र काउन्सिलर बर्बरा हर्स्ट रहेका थिए । यसैगरी सन् २०१७ को मिस यूके नेपालको ताज पहिरिएकी सिर्जना गुरुङ समेत अतिथिको सहभागी भएकी थिइन् । दिदि बहिनि हरु सगै छमछमी नाचिन सिर्जना पनि ।

फार्नबोरो स्थित ऒकफम कम्युनिटी स्कुल परिसरमा झपक्क गरगहँनासहित रातो सारीमा उपस्थित थिए ५०० बढी नेपाली दिदि बहिनिहरु, प्रमुख अतिथी सुबेदीले शुभकामना मन्तव्य दिदै स्वदेश होस वा परदेश तीजको महत्व झन झन बढ्दै गएको अबसरमा यसलाई नेपाली नारी एकताको रुपमा संगै मनाउना पाउदा धरै खुसि छु प्रमुख अतिथी सुबेदीले थपिन ।

संस्थाकी अध्यक्ष अमिता बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारीहरुको हरितालीका तीजलाई आपसी भाइचारा र सम्बन्ध बढाउने हिसावले मनाउदै आएकोमा खुसीसमेत ब्यक्त गर्दै सम्बोधन गरेकी थिएन । पहिलो चरणमा सस्थाकी मिडिया कोडिनेटर दुर्गा पुनले गाउँकी गोरी,एबम सुजना, मोनिका अन्जोला लगायतले आकर्षक नृत्य देखाएका थिए ।

बेलायतमा गरिने अन्य कार्यक्रममा भन्दा फरक धेरै भाषण र आसन नरहेकोले कार्यक्रम थप मनोरन्जनात्मक बनेको थियो । उक्त कार्यक्रम सस्थाकी महासचिव कल्पना गुरुङले सञ्चालन गरेकी थिइन् । सस्थाकी उपाध्यक्ष विभा गुरुङले स्वागत गरेको कार्यक्रम दिउसो २ बजेदेखि नै निकै चहलपहल रहेको आमाको तीज साँझसम्म सञ्चालन भएको थियो । उक्त कार्यक्रममा हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजका बिभिन्न गितहरुमा दिदी बहिनीहरुले प्रस्तुत गर्दै झुमेर नाचेका थिए ।

कार्यक्रममा अतिथि तथा दिदीबहिनीको स्वागतका लागि सस्थापक अध्यक्ष माया केसी एंवम समाजसेवी रोजिना प्रधान रार्इले विशेष भूमिका निभाएका थिए । त्यस्तै, बेस्ट डान्सर हजुरआमा माइली गुरुङ, बेस्ट डान्सर आमा सुनमाया रोका,एबम बेस्ट डान्सर अस्मिता थापा मगर भए ।

कार्यक्रममा राफल ड्र पुरस्कारहरु पनि रखिएको थियो । रिया मनी ट्रांस्फरको प्रयोजनमा प्रथम राफल पुरस्कार सुनको सिक्री सुनिता थापाले प्राप्त गर्न सफल भइन् । कार्यक्रममा आयोजकले अपेक्षा गरे भन्दा पनि निकै भब्य भएको थियो। कार्यक्रममा सहभागि दिदीबहिनी हरुका लागि नेपाली स्वदिष्ट भोजन भेटघाट रेष्टुरेण्ट अल्डरसटले ब्याबस्थापन गरेको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण लण्डन नेपाल न्यूज डट कमले गरेको थियो । हेर्नुस प्रत्यक्ष प्रसारणको क्यामरामा प्रकाश कंडेल र शिब भण्डारीले तयार परेको यो रिपोर्ट :

https://www.facebook.com/londonnepalnews/videos/330607087710591/