काठमाडौं, फाल्गुन २४ । विश्वकप क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा न्युजिल्याण्डले अफ्गानिस्तनलाई ६ विकेटले हराएको छ । न्युजिल्याण्डको नेपियरमा भएको खेलमा अफ्गानिस्तानले दिएको १ सय ८७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ३७ औं ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको लागि मार्टीन गुप्टीलले ५७ रन तथा ब्रेण्डन म्याक्कुलमले ४२ रनको योगदान दिए ।
यसअघि पहिले व्याटिङ गरेको अफ्गानिस्तानले ४८ औं ओभरमा अलआउट हुनुपुर्व १ सय ८६ रन जोडेको थियो । अफ्गानिस्तानको लागि नजिबुल्लाह जद्रानले ५६ रन तथा शमिउल्लाह शेन्वारीले ५४ रनको योगदान दिए । बलीङतर्फ न्युजिल्याण्डका ड्यानियल भिटोरीले ४ तथा ट्रेन्ट बोउल्टले ३ विकेट लिए ।
न्युजिल्याण्डको लगातार पाँचौ जित






