सत्तासीन दललाई ‘नेकपा’ भनेकोमा ऋषि कट्टेलको दुखेसो

काठमाडौं– ऋषि कट्टेल नेतृत्वको नेकपाले सत्तासीन दलले दल दर्ता सम्वन्धमा गरेको असंवैधानिक, गैह्रकानुनी र दुर्नियतपूर्ण काम गरेर नेकपाका नाममा गतिविधि गरेको भन्दै आपत्ति जनाएका छन् । साथै उनले सत्तासीन पार्टीलाई प्रोत्साहन हुने गरी समाचार सम्प्रेषण नगरिदिन सञ्चारमाध्यमहरुलाई अनुरोध पनि गरेका छन् ।

सो पार्टीका संयोजक कट्टेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कतिपय संचार माध्यमले सत्तासिनहरुको हुदै नभएको नाम नेपाल कम्युनिष्ट पार्टी वा नेकपा भनेर विद्युतीय वा छापा मार्फत प्रसारण गरेको पाइएको भन्दै सत्ताको अनुचित चाकरी गर्नु स्वतन्त्र प्रेशको मर्यादा भित्र नपर्ने स्मरण गराउनु पर्दा नेपाल कम्युनिष्ट पार्टी दुःखी भएको बताएका छन् ।

कट्टेलले काठमाडौं काठमाडौं महानगरपालिका वडा नं.३३ धोविधारामा प्रधान कार्यालय रहेको नेपाल कम्युनिष्ट पार्टी र सक्षिप्तमा नेकपाको प्रधान कार्यालय कपनमा रहेको र सो पार्टीको गत वैशाख २६–२७ गते वसेको केन्द्रीय समितिको वैठकको निर्णय अनुसार सम्मेलन आयोजक समितिमा रुपान्तरित भएको तथा नेकपाको दोश्रो राष्ट्रिय सम्मेलन तयारी समितिको संयोजक ऋषिराम रहेको बताएका छन् ।