काठमाडौं– राष्ट्रियसभाले पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण कुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । जोशी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट बैतडी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
लोकतान्त्रिक आन्दोलनका अथक योद्धा जोशी नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति समेत थिए । उनको ७३ बर्षको उमेरमा साउन १५ गते मंगलबार दिउसो २ बजेर ५० मिनेटमा बुढानिलकण्ठस्थित निवासमा निधन भएको थियो । राष्ट्रियसभाले जोशीको निधनको शोकमा १ मिनेट मौनधारणा समेत गर्यो ।
राष्ट्रियसभाको अर्को बैठक विहिबार बिहान साढे ११ बजे बोलाईएको छ ।






