इराकको सरकारी फौजले लडाकु संगठन इस्लामिक स्टेट आईएसले कब्जा गरेका भुभाग फिर्ता लिन चलाएको अभियानमा ठूलो सफलता हासिल गरेको दाबी गरेको छ । सरकारी फौजले देशको पश्चिमी सहर अलबगदादीबाट आईएस लडाकुहरुलाई धपाएको बताएको छ । यसैगरी उत्तरी बगदादस्थित अलदहर नगरमा प्रवेश गर्न पनि सफल भएको छ । टिक्रिटमा सहरमा समेत सफलता हात लागेको अधिकारीहरुले बताएका छन् । लडाईं जारी रहँदा इस्लामिक स्टेटको कालो झण्डा हटाएर इरानको समर्थन प्राप्त सिया लडाकुहरुको पहेंलो झण्डा राख्न थालिएको बीबीसीले जनाएको छ । इरानी सेनासँगै उनीहरु अग्रणी भुमिकामा छन् ।
यसैबीच अनुसन्धानकर्ताहरुले सामाजिक सन्जाल ट्वीटरबाट आईएस लडाकूले ठूलो प्रभाव पार्न सफल भएको निष्कर्ष निकालेको छ । अमेरिकी थिंक ट्यांक ब्रुकिङ इन्स्टिच्युसनका निम्ति गरिएको सर्वेक्षणबाट यस्तो निष्कर्ष निकालिएको हो ।
ब्राजिलको सर्बोच्च अदालतले दुबै सदनका सभामुखहरु सहित दर्जनौं राजनीतिज्ञहरुमाथि लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्ने भएको छ । राज्य नियन्त्रित तेल कम्पनि पेट्रोब्रासँग जोडिएको एक भ्रष्टाचार काण्डमा उनीहरु मुछिएको बताइएको छ । ब्राजिलका महान्यायीधवक्ताले भ्रष्टाचारमा संलग्न सभामुखसहित ४४ जना राजनीतिज्ञहरुको सूची सार्बजनिक गरेका छन् । उनीहरु करिब १ अर्ब डलर बराबरको आर्थिक अनियमिततामा संलग्न भएको बताइएको छ ।
आईएसविरुद्ध कारबाही जारी






