यातायात सम्बद्ध संस्थाहरुको खारेज शुरु

काठमाडौं- सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेको सरकारले यातायात सम्बद्ध संस्थाहरुको खारेज शुरु गरेको छ ।

असार ११ गतको निर्णय अनुसार भन्दै जिल्ला प्रशासन कार्यलय बर्दियाले ७ वटा समिति खारेज गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गका अनुसार बर्दिया कृष्णसार यातायात व्यवसायी संघ गुलरिया, कुसुम्बादेवी यातायात व्यवसायी समिति सानोश्री, टेक्टर व्यवसायी समिति गुलरिया बर्दिया, ठाकुरबाबा टेक्टर समिति नेउलापुर, बर्दिया टेक्टर व्यवसायी संघ गुलरिया, बर्दिया टेक्टर व्यवसायी संघ गुलरिया र त्रिशक्ति टेक्टर समिति सानोश्री खारेज भएका छन् ।