पाकिस्तानमा बुधबार आम निर्वाचन भइरहेको छ । यसैबीच आठ राष्ट्रिय र प्रान्तीय सिटमा चुनाव स्थगित गरिएको छ । यीमध्ये सात सिटमा चुनाव लडिरहेका उम्मेद्वारको मृत्यु भइसकेको छ जबकी एक निर्वाचन क्षेत्रमा उम्मेद्वारलाई अयोग्य घोषित गरिएको छ । मिडिया रिपोर्टमा यसबारे जानकारी दिइएको छ ।
‘द एक्सप्रेस ट्रिब्यून’ को रिपोर्ट अनुसार पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) का नेता हनिफ अब्बासीलाई इफेड्रीन कोटा मामलामा आजिवन कारावासका सजायँ सुनाएका कारण चुनाव स्थगित गरियो ।
यस्तै, पाकिस्तान निर्वाचन आयोगले पीके–७८ पेशावर, पीपी–८७ मियांवाली, पिएस–८७ मलिर, पिके–९९ डेरा इस्माइल खान, पीबी–३५ मस्तुंग, पीपी –१०३ र एनए–१०३ फैसलाबाद निर्वाचन क्षेत्रमा चुनाव स्थागित गरिएको छ ।
पाकिस्तानको चुनाव आयोगको आँकडा अनुसार तीन हजार चार सय ५९ उम्मेद्वार नेशनल एसेम्बलीको दुई सय ७२ सिटका लागि चुनावी मैदानमा छन् । जबकी पंजाब, सिन्ध बलूचिस्तान र खैबर–पख्तूनख्वा प्रान्तीय एसेम्बलीको पाँच सय ७७ सिटका लागि आठ हजार तीन सय ९६ उम्मेद्वार चुनाव लडिरहेका छन् । मतदान समाप्त भएपछि आजै भोटको गन्ती हुनेछ ।
यसपटक चुनावमा पूर्व क्रिकेटर र पाकिस्तान तहरीक–ए–इन्साफका चीफ इमरान खानको नाम सबैभन्दा धेरै चर्चामा छ । पाकिस्तानको विश्व विजेता क्रिकेट टिमका कप्तान भइसकेका इमरान खानको स्थिती यसपटक आम निर्वाचनमा सबैभन्दा बलियो मानिन्छ । यद्यपी, चुनावी जीतका लागि उनी आफ्नो प्रचान अभियानमा जुन प्रकारको अभद्र भाषा प्रयोग गरिरहेका छन् त्यसका लागि उनको ‘फेयर गेम’ का लागि प्रश्न तेर्सिएका छन् ।
एजेन्सी






