सरकार विरोधी प्रर्दशन : आज मण्डलामा नेविसंघ र नयाँ शक्तिले प्रदर्शन गर्ने

????????????????????????????????????

काठमाडौं– आराम गर्ने र टहलाउने स्थानका रुपमा विकास गरिएको माइतीघर मण्डला पछिल्लो समय प्रदर्शन ‘स्थल’ बनेको छ । काठमाडौंको केन्द्र भागमा रहेको माइतीघर मण्डलामा आज एकै समयमा छुट्टाछुट्टै दुईवटा समुहले प्रदर्शन गर्दैछन् ।

मण्डलामा मंगलबार दिउँसो १२:३० बजे काङ्ग्रेसको भातृ संगठन नेविसंघले प्रदर्शन गर्दैछ भने त्यसको लगत्तै १ बजे डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले प्रदर्शन गर्ने जनाएको छ ।

नेविसंघले १८ दिन देखि जुम्लामा अनसनरत डा.गोविन्द केसीको जीवन रक्षा र केसीले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई दवाव दिन मण्डलामा प्रर्दशन गर्न लागेको जनाएको छ ।

उसले सरकारका गतिविधिलाई अधिनायकबादतर्फ उन्मुख भएको आरोप समेत लगाउँदै आएको छ ।

त्यस्तै नयाँ शक्ति नेपालले लोकतन्त्र, जनजीविका, विकास रणनीतिलगायतका विषयमा विभिन्न मागहरू राखेर प्रर्दशन गर्न लागेको सो पाटीले जनाएको छ ।

उसले जनजीविकाको सवालमा हुन लागेको उक्त कार्यक्रममा सहभागि हुन सवैलाई अपिल गरेको छ ।

सरकारले माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएपनि सर्वोच्च अदालतले सरकारको उक्त निर्णय कार्यन्वयन नगर्न सोमबार मात्रै सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।