लण्डन । अमेरिकी राष्ट्रपतिका रुपमा आफ्नो पहिलो बेलायत भ्रमणका लागि डोनाल्ड ट्रम्प लण्डन आइपुगेका छन् । विहिबार दिउंसो २ बजे पत्नी मेलाइनाका साथ राष्ट्रपति ट्रम्प लण्डन उत्रिएका छन् ।
४ दिने बेलायत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले २ दिन लण्डन र बांकी २ दिन स्कटल्याण्डमा बिताउनेछन् । बेलायतकी प्रधामन्त्री टेरिजा मेसंग दुई पक्षीय सम्बन्धका विभिन्न आयामहरुमा वार्ता गर्ने राष्ट्रपति ट्रम्पले शुक्रबार महारानी एलिजावेथलाई पनि भेट गर्नेछन् ।
राष्ट्रपति ट्रम्पको इमिग्रेसन नीतिलाई लिएर उनको विरोधमा बेलायतमा केहि प्रदर्शनहरु हुने अनुमान छ । यहि स्थितिलाई ध्यानमा राखेर सरकारले सम्भावित ठाउंहरुमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।






