पशुपतिनाथ मन्दिरद्वारा आयोजित च्यारिटीको तयारी तीब्र (भिडियो सहित)

लन्डन– पशुपतिनाथ मन्दिरले आयोजना गरेको च्यारिटी कार्यक्रमको तयारी तीब्ररुपमा भइरहेको आयोजकले जनाएको छ ।

लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले आउँदो जुलाई महिनाको ८ तारिखमा च्यारिटी कार्यक्रमको आयोजना गरेको छ । आयोजकले मन्दिर परिसरमा आइतबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी तीब्ररुपमा भइरहेको जनाएको छ ।

च्यारिटी कार्यक्रमलाई सफल पार्ने उद्देश्यले विभिन्न तयारी उपसमितिहरु गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार फडिन्द्र भट्टराईको संयोजकत्वमा दिपक श्रेष्ठ र फत्त थापा सदस्य रहेको प्रचारप्रसार समिति गठन गरिएको छ । त्यस्तै, नरेन्द्र कँडेलको संयोजकत्वमा पशुपति भण्डारी, मोहन गुरुङ, बालजंग अर्याल, होम शर्मा र सरिता पौडेल सदस्य रहेको अतिथि सत्कार समिति गठन गरिएको छ ।

गोपाल अर्यालको संयोजकत्वमा रहेको आर्थिक संकलन समितिमा यादव भण्डारी, गणेश बास्तोला र विष्णु ज्ञवाली सदस्य छन् । खाना व्यवस्थापनका लागि पण्डित निलहरि घिमिरेको संयोजकत्वमा गोपाल अर्याल र रोमनाथ पाण्डे सदस्य रहेको छुट्टै समिति गठन गरिएको छ ।

बैठकले सांस्कृतिक कार्यक्रम तथा हल सजावटका लागि विनोद ज्ञवालीको संयोजकत्वमा विष्णु ज्ञवाली सदस्य रहेको समिति बनाएको छ भने पार्किङ व्यवस्थापनको संयोजन गर्ने जिम्मा सुरज केसीलाई लगाइएको छ ।

मन्दिर व्यवस्थापन समितिका महासचिव दासुराम पाण्डेले सञ्चालन गरेको बैठकको अध्यक्षता अध्यक्ष सहदेव गिरीले गरेका थिए । पत्रकार सम्मेलनको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कमले गरेको थियो । हेर्नुहोस भिडियो :

https://www.facebook.com/londonnepalnews/videos/1685643214887533/