
२० फागुन, काठमाडौं । टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रन वेको बीचमा दुर्घटना भएपछि नेपालको अन्तराष्ट्रिय उडान तथा अवतरण ठप्प भएको छ ।
बुधबार विहान बलपूर्वक अवतरण गर्ने क्रममा टर्किस एयरको विमान रन वेको बीचमा दुर्घटना भएको छ । दुर्घटनापछि अवरुद्ध भएको आन्तरिक उडान मध्याहृनबाट सुरु भएको छ ।
अन्तराष्ट्रिय उडान तथा अवतरण साँझ ५ बजेबाट सुरु हुने भनिएको थियो । तर, अन्तिम समयमा आएर बिहीबार अपराहृन ४ बजेसम्मका लागि स्थगित गरिएको छ । अन्तराष्ट्रिय उडान तथा अवतरण रद्द हुँदा यात्रुहरु अन्यौलमा परेका छन् । २७ बटा विमान कम्पनीले यात्रुहरुलाई होटलमा फर्काएका छन् ।
जापान जाने तयारीका साथ विमानस्थल पुगेका काठमाडौँका शशी थापाले सबै सामग्री लिएर विमानस्थल आएको तर उडान नहुँदा अन्योल भएको बताए ।
त्यसैगरी कतार जान लागेका दिनेश खड्काले उडान रद्द भएपछि आफू होटल फर्कन लागेको बताउँदै आफूजस्तै अन्य आत्रु अन्योलमा परेको जानकारी दिए ।






