लखनउ क्षेत्रीय पासपोर्ट कार्यालयले पुलिस अनुसन्धान रिपोर्टमा गलत जानकारी पाएपछि तन्वी सेठ उर्फ सादिया अनसको पासपोर्ट रद्द गरिएको छ ।
तन्वीका श्रीमान् मोहम्मद अनस सिद्दीकीको पनि पासपोर्ट रद्द गरिएको छ । तन्वीमाथि पाँच हजार भारुको जरिवाना पनि तोकिएको छ ।
तन्वीले पासपोर्ट आवेदनको अनुसन्धानको समयमा पासपोर्ट अधिक्षकमाथि धार्मिक आधारमा टिप्पणी गरेको आरोप लगाएकी थिइन् । त्यसपछि तन्वीले भारतकी विदेशमन्त्री सुश्मा स्वराजलाईट्याग गर्दै ट्वीटगरिन् । सुश्माको आदेशपछि पासपोर्ट कार्यालयले तत्काल उनलाई पासपोर्ट गर्यो र अधिक्षकको ट्रान्सफरसमेत गरियो । उक्त कारवाही लोकल इन्टेलिजेन्स युनिटको रिपोर्टको आधारमा गरिएको थियो ।
एसएसपी दिपक कुमारका अनुसार पुलिस र स्थानीय अनुसन्धान अधिकारीको समूह तन्वीको माइती गएका थिए । तन्वी त्यहाँ एक वर्षसम्म बसेको कुनै पनि साक्षी वा दस्तावेज पाइएन, त्यसपछि कारवाही गरिएको दैनिक भास्करले बताएको छ ।
तन्वीमाथि पासपोर्ट नियम अनुसार एफआईआर पनि दर्ता हुनसक्छ ।






