जनसम्पर्क समिति बेलायत को बैठक सम्पन्न

Congress flagलण्डन,

नेपाली जनसम्पर्क समिति बेलायत को कार्यसमितिको बैठक समितिका सभापति श्री चेतनाथ खनाल  को अध्यक्षेतामा १ मार्च २०१५ का दिन लण्डन ग्रीनवीच मा सम्पन्न भयो !
बैठकले संगठन, नेपाली काँग्रेस को आगामी महाधिबेसन तथा मुलुक को वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल र समिक्षा गर्यो ! 
 
मुलुक कै पुरानो प्रजातान्त्रिक राजनीतिक पार्टी को आगामी तेर्हो महाधिबेशन सफल पार्नका लागि संगठन ले सक्दो सहयोग गर्ने , बेलायत मा रहनु भएका सम्पूर्ण नेपाली काँग्रेसका नेता , कार्यकर्तालाइ समेटेर एकताको अधिबेशन गर्ने, नेपाली काँग्रेस पार्टी को बिधान बमोजिमको दायरा भित्र पर्नेलाइ क्षेत्रीय समिति मार्फत क्रियासिल सदस्य वितरण गरिने र सम्मानजनक रुपले बेलायत बाट महाधिबेशन मा भाग लिने निर्णय गरको छ ! 
 
सो का लागि पार्टी संग समन्वय गरी क्रियासिल सदस्य वितरण म्याद बढाउन अनुरोध गरिने र संगठन लाइ कसरि ससक्त मजबुत र एक ढिक्का गर्ने भन्ने बारेमा पार्टी सभापति र अन्य शिर्सस्थ नेताहरु संग सरसल्लाह गर्नका लागि सभापति श्री चेतनाथ खनाल ज्यु को नेतृत्वमा एक प्रतिनिधि मण्डल एक दुइ हप्ता भित्रै नेपाल जाने निर्णय पनि गरिएको छ !
 
नेपालको  वर्तमान राजनैतिक अवस्था प्रति चिन्ता ब्यक्त गर्दै माओबादी नेत्रित्वो मा आन्दोलनरत राजनैतिक पार्टीहरुले एक वर्ष अगाडी मात्रै सम्पन्न संबिधान सभाको दोस्रो आम निर्बाचनमा नेपाली जनतासंग जसरि भएपनि सम्बिधान  बनाइछोड्ने गरेको बाचा लाइ भुलेर आआफ्नो पार्टीको स्वार्थ मा रुमलिएको, जनताको विश्वास लाइ लात हानेको र नेपाली काँग्रेस नेतृत्व बर्तमान सरकारले बिदेशी राजदुत र सरकारहरुलाई नेपाल को आन्तरिक मामिलामा हस्तक्षेप नगर्न दिएको चेतावनी को बिपरित बिदेशी हरुसंग साठ्गाठ गरि मुलुकको सार्बभौमिकता, नेपाली संस्कृति र परम्परा माथि सांघातिक आक्रमण गरेको  ठहर गरेको छ !
 
 
साथै पूर्व प्रधानमन्त्री तथा माओबादी नेता डाक्टर बाबुराम भट्टराई ले हालै प्रशान्त झा संग हिन्दुस्तान टाइम्स लाइ दिएको अन्तर्वार्तामा नेपालको संबिधान निर्माण र शान्ति पर्क्रियामा भारतले भूमिका खेलिदिनुपरने भन्ने भनाइ प्रति आपत्ति जनाउदै माओबादीका नेता हरुले मुलुक को सार्बभौम सत्ता लाइ बेच्न सिक्किमका काजी ल्हेंदुप दोर्जी को भूमिका निभाएको प्रस्ट भएको छ ! समिति, सम्पूर्ण राष्ट्र प्रेमी नेपाली हरुले आफ्नो स्वाधिनताका लागि फेरि गम्भीर भएर सोच्नु पर्ने बेला सिर्जना भएको छ 1