ट्युनिसियामाथि इङ्ल्याण्डको जित

लण्डन । रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले विजयी सुरुवात गरेको छ । इङ्गल्याण्डले ट्युनिसियालाई २-१ ले हराएको हो ।

सोमबार राति सम्पन्न समूह जी को खेलमा इङ्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको हो ।

इङ्गल्याण्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरे । खेलको ११ औं मिनेटमा हृयारीले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा पेनाल्टीमार्फत् ट्युनिसियाले बराबरी गोल फर्कायो । पेनाल्टीलाई फेरजानीले गोलमा परिणत गरेका थिए ।

तर दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा इङ्गल्याण्डले जितको लागि निर्णायक गोल गर्न सफल भयो । कियरनले प्रहार गरेको कर्नर किकलाई कप्तान हृयारी केनले नै हेडमार्फत गोल गरे ।

इङ्गल्याण्डको यो जित १२ वर्षपछिको हो ।