केजरीवाल र भट्टराईबीच बैकल्पिक राजनीतिबारे छलफल

Baburam-and-Arvind-1

१९ फागुन, काठमाडौं । भारत भ्रमणमा रहेका एमाओवादी नेता डा. बाबुराम भट्टराई र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच भेटवार्ता भएको छ ।

आम आदमी पार्टीका संयोजक समेत रहेका केजरीवाललाई भेट्न भट्टराई आपको कार्यालय पुगेका थिए । भेटमा बैकल्पिक राजनीतिबारे अनुभव आदान प्रदान भएको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकमा परम्परागत लोकतन्त्रको पक्षमा भन्दा सधै जनतामा जाने र जनताकै पक्षमा काम गर्ने शैली विकास गर्नु पर्नेमा दुबै नेताको सामान धारणा थियो ।

पाण्डेका अनुसार केजरीवाल र भट्टराईबीच भ्रष्टाचार, अनियमितता जस्ता जनता विरोधी काम अन्त्य गर्ने गरी लोकतन्त्रको नयाँ मोडल विकास गर्नेबारे समेत छलफल भएको छ ।