प्रेम सुवालको प्रश्न : सुन तस्करीको ठूला माछा भनेको को हो ?

Joj:yflksf ;+;bsf] a'waf/sf] a}7sdf pkk|wfg Pjd u[xdGqL ljdn]Gb| lglwsf] æ/fHo Joj:yf ;ldltsf] k|ltj]bg;lxtsf] dtbftf gfdfjnL ljwo]s, @)?f+;b k|]d ;'jfn . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं– नेमकिपाका सांसद प्रेम सुवालले कोसी, गण्डक र कर्णालीलगायतका सम्झौता खारेज गरी नेपाली आफैंले बनाउनुपर्ने बताएका छन् ।

संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै सांसद सुवालले राष्ट्रिय महत्वका आयोजनाहरु नेपाल आफैंले बनाउनु उपयुक्त हुने बताएका हुन् ।

उनले प्रदेश तीनको राजधानी मकवानपुरमै बनाउनु पर्ने भन्दै राजधानी राख्ने ठाउँ काठमाडौ उपत्यकामा नभएको बताए ।

‘मेलम्चीको पानीले सडक धुने भनेको २९ बर्ष वित्यो । सिंहदरवारको अधिकार गाउँगाउँमा भनियो । तर, कालिकोट सदरमुकामको चामल गाउँमा पुगेन, मुस्ताङको स्याउ काठमाडौ आएन’ उनले व्यवहारमा संघीयता कार्यान्वयन नभएकोमा रोष प्रकट गरे ।

उनले ४८० मेगावाट विद्युत भारतबाट किनेर लोडसेडिङ घटाउनु राष्ट्रवाद नभएको जनाए । त्यस्तै उनले सुन तस्करीमा ‘ठुला माछा र साना माछा’ भनेर आएका जिम्मेवार व्यक्तिको अभिव्यक्तिले ‘ठूला माछा भनेको प्रधानमन्त्री नै त होइन’ भनेर प्रश्न गरे ।

उनले रेल र पानी जहाजको ठूलो कुरा होइन, तर बालुवाटरको भ्रष्टचार नियन्त्रण ठूलो कुरा भएको पनि दावी गरे ।

सांसद सुवालले आफूले दिएका सुझावहरु बजेटमा नपरेकाले नेमकिपाले बजेटप्रति असहमति जनाएको जनाए ।