मुलुक संकटमा : कमल थापा

बिराटनगर, फाल्गुन १८ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तापक्षको दम्भ र प्रतिपक्षमा रहेका दलको सत्ता लुलुपताको कारण मुलुक गम्भिर संकटको चक्रविहुमा फसेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सचारकर्मीहरुसंग कुरा गर्दै उनले मुलुकमा राजनीतिक सम्वादहिनताको अवस्था सृजना हुनुमा वाह्य शक्ति र प्रमुख दलहरुविचको सत्तालिप्ता नै प्रमुख कारण रहेको आरोप लगाए । उनले अहिलेको संकटवाट मुलुकलाई निकास दिन संविधान सभामा रहेका दलहरुवीचको सर्वदलिय वैठक अवश्यक रहेको बताए ।