काठमाडौं– कुख्यात सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । करिब ३८ क्वीन्टल सुन तस्करीको आरोप लागेका तथा ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरे परेका हुन् । सु्न तस्करी र हत्या प्ररकरणका मुख्य नाइके मानिएका फरार अभियुक्त गोरे पक्रउ परेको अनुसन्धान गर्न गठित छानबिन समितिका अधिकारीले जनाएका छन् ।
पक्राउबारे विस्तृत विवरण आउन बाँकी छ । गोरे पछिल्लो समय भारतमा लुकेर बसेको आशंकामा प्रहरीले निगरानी बढाएको थियो । चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती मोरङ उर्लाबारीका हुन् । प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए ।
यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए । हिजो मात्र जिल्ला अदालत मोरङमा सुन प्रकरणमा मुछिएकाहरुको प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।






