४ जना पुरुषकी एक्ली प्रेमिका बनेकी छिन् बर्षा राउत चलचित्र ‘चौका दाउ’ मा। उक्त चल्चित्रका निर्माता मनोजराज भण्डारी र सौर्यजित बास्कोटा रहेका छन् भने छायांकार दिर्घ गुरुङ हुन् ।
चार जना पाका मानिसहरुलाई घुमाउने र उनीहरुलाइ माया जालमा पार्ने भूमिकामा वर्षा राउत `चौका दाउ’ मा देखिनेछिन जसका निर्देशक हुन् पुणेन्द्रु झा। कलाकार रविन्द्र झा , विल्सन, विक्रम राई र तैयब शाहको भुमिका रहेको यो चल्चित्रको छायाङ्कन बिहीबारबाट सुरु भएको छ। पहिलेभन्दा फरक भुमिकामा आफू आएको बताउदै हास्य कलाकार सन्तोष पन्तले पहिलो पटक एउटी राम्री यूवतीको प्रेमी बनेर भुमिका निर्वाह गर्न लागेकोमा उत्सुक रहेको कुरा बताए ।
चलचित्रलाई कात्तिकमा रिलिज गर्ने योजना रहेको निर्माता भण्डारीले जानकारी दिए भने पूर्ण कमेडी कथामा यो चलचित्र बन्ने भन्दै निर्देशक झाले दर्शकले चलचित्रबाट पूर्ण रुपमा मनोरञ्जन पाउने आशा व्यक्त ग







