तमुधि लन्डन इकाईले गर्यो विजयी नेपाली काउन्सिलर लक्ष्य गुरुङलाई भब्य स्वागत [भिडियो सहित]

लण्डन । तमुधि लन्डन इकाईले गत बिहिबार विजय भएका नेपाली काउन्सिलर लक्ष्य गुरुङलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ ।

उक्त संस्थाका कार्यसमितिका पदाधिकारीहरु अदक्ष्य ,उपादक्ष्य ,सल्लाहकार ,आमा समूहकि अदक्ष्य लगायतले विजयी गरुङ्गलाई स्वागत तथा सम्मान गरेका हुन् ।

त्यसैगरि तमुधीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङ ‘डेबिड’ले शुभकामना सन्देश पठाउनु भएको थियो ।

कार्यक्रममा बोल्दै तमुधी लण्डन इकाईका महासचिब भरत गुरुंगले बेलायत जस्तो ठाउमा नेपाली मुलका भूपूगोर्खा काउन्सिलर बन्नु नै गौरबमय भएको बताउनुका साथै आगामी दिनहरुको कार्यकाल सफल रहोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

तमुधी लण्डन इकाईका अदक्ष्य श्रि चन्द्र बहादुर गुरुङ्ग र आमा समुहकी अदक्ष्य श्रीमती दिल माया गुरुङ्ग लगायतले खादा ओढाई गुरुङ्ग समाजमा चलि आएको फेटा शिरमा लगाई सम्मान गरेका थिए । यसै गरि श्रीमती र भर्खरै मात्र बेलायतबाट माइक्रो बाइलोजि मा पी .एच .डि शैक्षिकमा उत्रिण हुन सफल भएकी काउन्सिलर गुरुङ्गको छोरीलाई पनि सम्मान गरिएको थियो ।

तमुधी लण्डन इकाईले गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै काउन्सिलर लक्ष्य गुरुङ्गले उपस्थित सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिनुका साथै चुनाबी प्रचार प्रसारमा नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले गरेको सहयोग प्रति आफू निकै नै खुशी भएको बताए ।

कार्यक्रमको संचालन तमुधी लण्डन इकाईका महासचिब भरत गुरुङ्गले गरेका थिए ।

हेर्नुहोस कार्यक्रमको प्रतक्ष्य प्रसारण लण्डन नेपाल न्यूज डट कम का प्रधान सम्पादक शिब भण्डारी ले गर्नु भएको स्थलगत भिडियो :

https://www.facebook.com/londonnepalnews/videos/1622734741178381/