काठमाडौं– ३३ किलो सुन तस्करीको विषय आज अदालत प्रवेश गर्दैछ ।
प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता गराउँदै छ ।
प्रहरीले मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको छ । अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ता गर्न थालिएको छ ।
पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाइने छ ।
मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ता हुनेछ ।






