जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

k|wfgdGqL cf]nL –kqsf/ ;Dd]ng ef/tsf] tLg lbg] /fhsLo e|d0f ;s]/ :jb]z kms{g' ePsf k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ lqe'jg cGt/f{li6«o ljdfg:yndf cfof]lht kqsf/ ;Dd]ngdf e|d0fsf]] af/]df hfgsf/L lbg'x'Fb} . tl:a/M k|bLk/fh jGt, /f;;

लहान- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विद्यार्थी भर्ना अभियानको क्रममा सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयमा आज आयोजित विद्यालय भर्ना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरूलाई पठाएको हो । अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो । त्यसप्रति हामी प्रतिबद्ध छौं ।”

अब कुनै नेपाली जनता खानाबिना र जाडोले कठ्यांग्रिएर मर्नु नपर्ने दाबी गर्दै उहाँले जनताले देखेको समृद्धिको सपना वर्तमान सरकारले पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मुलुकको विकास र समृद्धिको मुख्य आधार शिक्षा भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “कुनै समय विद्वानहरूको क्षेत्र भनेर चिनिने मिथिला र मेधशमा अहिले शिक्षाको अवस्था नाजुक बनेको छ ।”