कांग्रेस सांसद कड्किएपछि संसदमा अर्थमन्त्रीले दिए यस्तो जवाफ

gj gjlgo'Qm cy{dGqL 8f o'j/fh vltj8f dGqfnodf kbef/ u|x0f ub}{ . . tl:a/ /f]zg ;fksf]6f /f;;

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले स्वेत पत्रमा उल्लेखित विषयमा कुनै पार्टी विशेषलाई लक्षित गरिएको नभई कालखण्डको मात्रै समिक्षा गरिएको स्पष्ट पारेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले अर्थमन्त्रीले हालै सार्वजनिक स्वेत पत्रमा अघिल्लो सरकारले गरेका निर्णयलाई अवमुल्यन गरि दोषारोपण गर्ने काम भएको भन्दै आपत्ती जनाएपछि मन्त्रीले यसबारे सदनलाई स्पष्ट पारेका हुनु् ।

संविधानले गरेको व्यवस्था सम्बन्धमा निर्णय गर्दा छोटो बाटो नगरि संसदीय प्रणाली बाट मात्रै गर्न आफुले सजग गराएको पनि उनले बताए ।

कांग्रेस नेतृत्वको सरकारले भुकम्प प्रभावितका लागि भनि घोषणा गरेको राहतलाई फजुल खर्च भनि चित्रण गरिएको भन्दै व्यापक विरोध भएको थियो । उनले स्वेतपत्रमा सरकारी ढुकुटी रित्तो अवस्थामा छ भनेर सरकारले अतिरञ्जना गरेको आरोप कांग्रेका सांसदहरुले लगाएका थिए ।
उनले श्वेत पत्रमा सबै सत्य कुराहरु राखिएको र त्यसबाट सरकार समस्या समाधान नगरि उम्कने स्थान नरहेको पनि बताए ।