साउथ हयारोस्थित एभरेष्ट सुपर मार्केट र दोभान स्टोर मर्जको निष्कर्षमा

लन्डन । लन्डन साउथ हयारोस्थित नेपालीका दुई स्टोर एभरेष्ट सुपर मार्केट र दोभान स्टोर मर्जको निष्कर्षमा पुगेका छन् । नेपाली खाद्य सामाग्रीहरुको विक्रेता ति स्टोरका सञ्चालकहरुबीच शनिबार सांझ गाभिने प्रक्रियाबारे अन्तिम समझदारी भएको छ ।
एभरेष्ट सुपर मार्केटका निर्देशक गंगा राना र दोभान स्टोरका निर्देशक गोपीराम गुरुंगले स्टोर मर्जको सहमति पत्रमा हस्ताक्षर गरे । अब मर्ज भएसंगै दोभान एभरेष्टमा विलय भइ एभरेष्ट सुपरमार्केटको नाम भविष्यमा परिवर्तन हुने सञ्चालकले बताएका छन् । स्थानीय नेपाली ग्राहकहरुलाई एकै थलो (वान स्टप सर्भिस) मा अधिकतम सेवा, लाभ र गुणस्तर प्रदान गर्न मर्ज गरिएको गोपीरामले जनाए ।
ग्राहकलाई अपनत्व महशुस गराउन अब स्थानीय क्षेत्रका करिब पच्चीस सय नेपाली ग्राहकलाई शेयर समेत बांडिने रानाले बताए । नेपाली सामान, नेपाली ग्राहक र एकै प्रकृतिका व्यवसाय भएपछि प्रतिष्पर्धा भन्दा मिलेर जाने विकल्प उत्तम लाग्यो, सञ्चालकद्धयको भनाइ छ । ति स्टोरमा हरेक किसिमका नेपाली खाद्य सामाग्री उपलव्ध छन् ।
एभरेष्ट सुपर मार्केटका निर्देशक गंगा राना गैर आवाशीय नेपाली संघ यूक़े संयुक्त लगानी विभागका संयोजक हुन् ।