नाइजेरियामा एक नेपालीको मृत्युु

नाइजेरिया । नाइजेरियामा एक नेपालीको मृत्यु भएको छ । नाइजेरियाको इकोरोडु सहर स्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड स्टिल कारखानामा काम गर्ने नवलपरासी फटकी टोला गूठी पर्सौनी ९ का उनेश राम चमारको कारखानामा काम गर्दा गर्दै दुर्घटनामा परि मृत्य भएको हो । एनआरएनएका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाका अनुसार शवलाई नेपाल पठाउन आबश्यक प्रक्रिया शुरु गरिएको छ । सो कम्पनी र नेपाल दुतावश इजिप्ट सङ्ग सम्पर्क भर्इरहेको जनाइएको छ ।