ओली र प्रचण्डबीच ललितपुरमा ‘वान टु वान’ वार्ता

Pdfn]sf cWoIf cf]nL / dfcf]jfbL s]Gb|sf cWoIf bfxfnaLr e]6jftf{ g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL / g]skf -dfcf]jfbL s]G›_sf cWoIf k'iksdn bfxfn …k|r08Ú aLr zlgaf/ afnsf]6l:yt cf]nL lgjf;df e]6jftf{ ub}{ . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच अहिले ‘वाट टु वान’ वार्ता जारी छ ।
लालितपुरमा दुई अध्यक्षबीच ‘वान टु वान’ भेटवार्ता चलिरहेको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । बैठक पार्टी एकतालाई निश्कर्षमा पुर्याउनेबारेमा केन्द्रीत रहेको अधिकारीले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा केहीदिन अघि देशलाई आवश्यक परे नयाँ फड्को मार्नसक्ने बताएपछि नेपाली राजनीतिमा एक तरंग पैदा भएको थियो ।
चितवनमा बोलिएको सो बिषयपछि एमालेलाई बिषय चाँडो टुङ्याउन दबाब परेको आँकलन गर्न सकिन्छ ।

एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । यही बेला माओवादी अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति आएपछि हलचल मच्चिएको थियो ।

केन्द्र र प्रदेश सरकार गठनको मिति नजिँकिदै गर्दा पार्टी एकताको बिषय तत्काल टुङ्याउनुपर्ने दबाब दुई अध्याक्षमाथि छ ।